२०८२ माघ १९ गते आइतवार | 2026 February 1st Sunday

तुलसीपुर–३ मा विकासको गति तीव्र : गहते–शिवपुर पुलको शिलान्यास, त्रिवेणी घाट पुल उद्घाटन

दाङ, २९ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित गहते खोलामा निर्माण हुन लागेको पक्की पुलको शिलान्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको आफ्नै लगानीमा बन्ने गहते–शिवपुर जोड्ने उक्त पुलको शिलान्यास नगर प्रमुख टिकाराम खड्काले एक विशेष समारोहबीच गरेका हुन ।

लामो समयदेखि आवतजावतमा कठिनाइ झेल्दै आएका गहते र शिवपुरका स्थानीयका लागि पुल निर्माणको प्रक्रिया सुरु भएसँगै नयाँ आशा र उत्साह थपिएको छ । शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख खड्काले भौतिक पूर्वाधार विकास नै नगर समृद्धिको आधार भएको उल्लेख गरेका हुन ।

उनले भने, “हामीले सुरु गरेका कुनै पनि विकास योजना अलपत्र पर्दैनन् । उपमहानगरपालिकाकै स्रोत र लगानीमा निर्माण हुन लागेको यो पुल तोकिएको समयभित्रै गुणस्तरीय रूपमा सम्पन्न गरिनेछ ।”

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस