२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वरमा ‘नजर त्यतै छ’ सार्वजनिक

दाङ, २५ माघ । नेपाली सांगीतिक बजारमा अर्को नयाँ र आकर्षक गीत ‘नजर त्यतै छ’ सार्वजनिक गरिएको छ । लोकप्रिय गायक खेम सेन्चुरी र गायिका दीपिका बयम्बु मगरको स्वर रहेको उक्त गीतले सार्वजनिक भएसँगै दर्शक तथा स्रोताको ध्यान तानेको छ ।

गीतमा शब्द तथा संगीत विक्रम बाबु विश्वकर्माको रहेको छ भने एरेन्ज, मिक्स तथा मास्टरिङ HBN किस्मतले गरेका छन् । गीतको भिडियोमा गोविन्द पहाडी र आशा विश्वकर्माको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियो विनोद भण्डारीको निर्देशनमा निर्माण गरिएको हो भने कोरियोग्राफी प्रशान्त मगरले गरेका छन् । 

छायांकन नवराज उप्रेती, सम्पादन प्रबिन भट्ट र कलर मिलन विश्वकर्माले गरेका हुन् । भिडियोको पोस्ट–प्रोडक्सन गोधुली क्रियसनले गरेको छ । सार्वजनिक भएसँगै गीत ‘नजर त्यतै छ’ ले दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

प्रकाशित मिति : २०८२ माघ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस