२०८३ साउन २५ गते सोमवार | 2026 August 10th Monday

शिवशक्ति महायज्ञः दोस्रो दिन ४२ हजार ८९१ रुपैयाँ संकलन

दाङ, १८ चैत । दाङको तुलसीपुर – ६ शिवशक्ति टोल पूर्वी रजौरामा मंगलबारदेखि सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा दिनप्रतिदिन आकर्षण बढ्दै गएको छ ।

शिवशक्ति टोल विकास संस्था तथा शिवशक्ति पशुपतिनाथ मन्दिरको आयोजनामा भइरहेको महायज्ञको दोस्रो दिन सहभागिता उल्लेख्य रूपमा बढेको छ, भने आर्थिक सहयोग पनि वृद्धि भएको महायज्ञ व्यवस्थापक तिलकराम शर्माले जानकारी दिएका हुन ।

Oplus_131072

उद्घाटनको दिन १० हजार रुपैयाँ संकलन भएकोमा दोस्रो दिन ४२ हजार ८९१ रुपैयाँ संकलन भएको उनले बताएका हुन । चैत २४ गतेसम्म सञ्चालन हुने महायज्ञमा प्रमुख कथावाचक सुप्रसिद्ध पण्डित चन्द्रकान्त काफ्ले र उपवाचक पण्डित रोहित सुवेदी रहेका छन् ।

आयोजकका अनुसार मन्दिर परिसरमा रहेको योग भवनको भौतिक पूर्वाधार विकास तथा समग्र उन्नयनका लागि महायज्ञ आयोजना गरिएको हो । बुधबार आयोजित कार्यक्रममा लिस्ने हिमाल टोल विकास संस्था अध्यक्ष ज्ञानप्रसाद सुवेदी प्रमुख अतिथि रहनुभएको थियो भने ३०० भन्दा बढी भक्तजनको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस