२०८३ जेष्ठ ३ गते आइतवार | 2026 May 17th Sunday

‘पारि तारे भिर’ गीत सार्वजनिक, एमटि महार र शान्ति श्री परियारको स्वर

दाङ, २७ चैत । नयाँ वर्षको अवसर पारेर ‘पारि तारे भिर’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा एम. टि. मगर र शान्ति श्री परियारको सुमधुर स्वर रहेको छ ।

गीतमा शब्द तथा संगीत अशोक देव परियारले तयार गरेका छन, भने संगीत संयोजन एम टि महारले गरेका हुन ।

सार्वजनिक गरिएको म्युजिक भिडियोको कथा, निर्देशन तथा कोरियोग्राफी विशाल काईनेले गरेका हुन् । भिडियोमा एम टि महारसँगै पूजा मगर र कुलबहादुर ओलीको अभिनय देख्न सकिन्छ । अजय रेग्मी एण्ड टिमको छायांकन, मिन रावलको सम्पादन गरेका हुन । 

सार्वजनिक भएपछि गीतले राम्रो प्रतिक्रिया पाउन थालेको छ र सामाजिक सञ्जालमा पनि चर्चामा आउन थालेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस