२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

दाङको तुलसीपुरमा श्रीमद् देवी भागवत नवाह ज्ञान-विज्ञान महायज्ञ हुने

दाङ, ३ बैशाख । दाङको तुलसीपुर – ९ शिवपुरस्थित देवी भगवती मन्दिर प्राङ्गणमा वैशाख १९ गतेदेखि २७ गतेसम्म श्रीमद् देवी भागवत नवाह ज्ञान- विज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । श्री सत्य सुन्द्रादेवी भगवती मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुने महायज्ञबारे बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

मूल आयोजक समिति संयोजक मोतिराम केसीका अनुसार वि.स २०५६ सालमा स्थापना भएको मन्दिरको स्तरोन्नति, लोककल्याण, आध्यात्मिक जागरण तथा पितृ उद्धारका उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा प्रमुख कथावाचकका रूपमा युवासन्त बाल ब्रह्मचारी स्वामी केशवाचार्य सूर्यपाकी र सहवाचकका रूपमा खगेन्द्र वस्याल रहनेछन् ।

पत्रकार सम्मेलन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल गैरेको अध्यक्षता तथा सहवाचक खगेन्द्र वस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा करिब २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । संकलित रकम मन्दिर पुनर्संरचना, फिल्ड व्यवस्थापन तथा शिवपुर क्षेत्रलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न खर्च गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस