दाङ, २६ फागुन । तुलसीपुर उपमहानगरपालिका १२ टरीगाउँ निवासी टेकु भुसाल लाई घातक रोग सुरक्षा योजना अन्तर्गत बीमा रकम प्रदान गरिएको छ । भुसालले करिब तीन वर्ष अघि आफ्नो छोरा देवराज भुसालको ४ लाख रुपैयाँ बराबरको “सिटिजन बाल भविष्य जीवन बीमा योजना” गरेकी थिइन । सोही योजनासँग सम्बन्धित घातक रोग ( क्यान्सर रोग आफुलाइ लागेपछि ) सुरक्षा योजना अन्तर्गत दाबी परेपछि बिमा कम्पनीले उक्त बीमा रकम भुक्तानी गरेको हो । सिटिजन लाइफ इन्स्योरेन्स तुलसीपुर शाखाले आवश्यक प्रक्रिया पूरा गरेपछि कर कटौती पश्चात ३ लाख ८४ हजार ८ सय ६९ रुपैयाँ (३८४,८६९) बीमित भुसाललाई रकम प्रदान गरेको जनाएको छ । बीमा कम्पनीका अनुसार घातक रोग सुरक्षा योजनाले गम्भीर रोगका कारण आर्थिक समस्यामा परेका बीमितलाई राहत दिने उद्देश्य राखेको छ । आवश्यक कागजात र प्रक्रिया पूरा भएपछि कम्पनीले बीमा दाबी स्वीकृत गर्दै रकम भुक्तानी गर्ने गरेको बताइएको छ ।
कार्यक्रममा कम्पनीका शाखा प्रमुख सुजन शाहले बीमा तथा घातक रोग सुरक्षा योजनाबारे जानकारी दिँदै जीवन बीमाले आकस्मिक स्वास्थ्य जोखिमको समयमा आर्थिक सहयोग पुर्याउने बताइन । उनले यस्ता योजनाले विशेष गरी बालबालिकाको भविष्य र उनका परिवार समेतको भविष्य सुरक्षितगर्न सहयोग गर्ने समेत जानकारी गराइन । सोही अवसरमा उक्त संस्थाकि एजेन्सी म्यानेजर जानकी गैरे र सहकारी संघका अध्यक्ष हेमराज गौतमले जीवन बीमाको महत्त्वबारे प्रकाश पार्दै सबै नागरिकलाई समयमै बीमा गरेर भविष्य सुरक्षित गर्न आग्रह गरे । उनीहरूले अप्रत्याशित रोग वा दुर्घटनाका बेला बीमाले परिवारलाई आर्थिक रुपमा सहारा दिने बताए ।
बीमा कम्पनीका अनुसार पछिल्लो समय नागरिकमा बीमाप्रति सचेतना बढ्दै गएको छ । जसले गर्दा घातक रोग सुरक्षा जस्ता योजनाले गम्भीर रोग लागेका बीमितलाई उपचार खर्च व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए । स्थानीय स्तरमा पनि जीवन बीमा योजनाबारे जानकारी तथा सचेतना फैलिँदै जाँदा बीमाप्रति सचेतना बढ्दै गइरहेको र विभिन्न सुरक्षा योजनामार्फत नागरिकलाई आर्थिक संरक्षण मिलिरहेकाले नागरिकहरु पनि आफ्नो तथा आफ्ना परिवारको भविष्य सुरक्षित गर्न यस्ता योजनामा आकर्षण देखाउन थालेको कार्यक्रम सन्चालिका तथा एजेन्सी म्यानेजर नानीमैया वलीले बताएकी छिन् । बीमा योजनाले आकस्मिक स्वास्थ्य जोखिम तथा आर्थिक संकटको समयमा बीमित र परिवारलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास समेत रहेको उनले बताइन् ।