२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

चलचित्र पत्रकार सङ्घ दाङको अध्यक्षमा अर्याल चयन

दाङ, ३० फागुन । चलचित्र पत्रकार सङ्घ दाङको अध्यक्षमा निरला अर्याल सर्वसम्मत चयन भएकी छन । सङ्घको शनिबार तुलसीपुरमा भएको छैटौँ अधिवेशनले अर्यालको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भुपेश वली, सचिवमा एकराज भण्डारी, कोषाध्यक्षमा झग्गु भण्डारी चयन भएका छन ।

यस्तै सदस्यमा टेकराज भण्डारी, हिमाल महरा र दिपेन खत्री   भएका छन । सङ्घको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ नव नियुक्त सङ्घका अध्यक्ष अर्यालले नयाँ कार्यसमितिले जिल्लामा चलचित्र पत्रकारितालाई अझै सशक्त बनाउँदै लैजाने बताए । 

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस