दाङ, १८ चैत । तुलसीपुरमा एक परिवारले आफ्नो छोराको जन्मदिनलाई सेवा र सहयोगसँग जोड्दै उदाहरणीय काम गरेका छन् । सल्यानको दार्मा गाउँपालिका वडा नं. १ घर भई हाल तुलसीपुर उपमहानगरपालिका – ५ रानिजरुवामा बस्दै आएका डम्बर केसी ( हाल अमेरिका ) र सिता केसीले आफ्ना ४ वर्षीय छोरा रोमन केसीको जन्मदिन मानव सेवा आश्रम, तुलसीपुर शाखामा मनाएका छन ।
उक्त अवसरमा उनीहरूले आश्रममा रहेका ८४ जना अशक्त, असहाय तथा सहारा बिहीन आमा-बुबा र बालबालिकालाई कपडा तथा फलफूल वितरण गरेका छन् । साथै सबैलाई बिहानको खाना पनि खुवाइएका थिए ।
मान सेवा आश्रममा बसोबास गर्ने व्यक्तिहरूले यस्तो सहयोग पाउँदा खुसी व्यक्त गरेका छन् । जन्मदिनजस्तो विशेष दिनमा अरूसँग खुसी बाँड्ने केसी परिवारको यो कामलाई स्थानीयले सकारात्मक र प्रेरणादायी रूपमा लिएका छन् । यस्ता कार्यले समाजमा सहयोग र मानवताको भावना बढाउन मद्दत गर्ने विश्वास गरिएको छ ।
