दाङ, २१ चैत । तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी समितिको वार्षिक साधारणसभा सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ ।
गणेशपुर पार्कमा सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष थुमन विश्वकर्माको अध्यक्षता, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको प्रमुख आतिथ्यता तथा उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले प्रविधिमैत्री वातावरणले मोबाइल व्यवसाय विस्तारमा टेवा पुर्याएको उल्लेख गर्दै चुनौतीप्रति सजग रहन आग्रह गरे । उनले व्यवसायीहरूबीच एकता र स्वस्थ प्रतिस्पर्धाको आवश्यकता औंल्याए ।
साधारणसभाबाट नयाँ नेतृत्व चयन हुँदै अध्यक्षमा रामबहादुर बस्नेत चयन भएका छन् । साथै उपाध्यक्षमा पंकज कशौधन, रामबहादुर वली, प्रदीप घिमिरे र रमेश वली, महासचिवमा नवीन ओली, कोषाध्यक्षमा नबीन पौडेल लगायत पदाधिकारी चयन भएका छन् ।
