२०८३ असोज १० गते शनिवार | 2026 September 26th Saturday

पत्रकार महासंघ दाङले भन्यो : वैधानिक प्रकृया छोडेर बक्तव्यबाजी नगर

दाङ, २६ चैत । नेपाल पत्रकार महासंघ दाङले सजना मिष्ठान भण्डारको विषयसंग जोडिएको समाचारको विषयलाई लिएर गरिएको वक्तव्यबाजी प्रति ध्यानाकषर्ण भएको जनाएको छ । महासंघमा बसेको पदाधिकारी बैठक पछि विज्ञप्ती जारी गर्दै अध्यक्ष सन्तोष सुवेदीले तुलसिपुर उद्योग वाणिज्य संघको नामबाट सार्वजनिक अभिव्यक्ति र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन ।

‘सम्बन्धित मिडियाबाट खण्डन प्रकाश गर्न लगाउने वा चित्त नबुझे प्रेस काउन्सीलमा उजुरी दिन सकिने वैधानिक प्रक्रिया छन् तर वैधानिक व्यवस्था अवलम्बन नगरी विज्ञप्तिबाजी गर्नु उचित होइन ।’ अध्यक्ष सुवेदी द्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

त्यसैगरी, बैठकले पत्रकारिता माथि वितृष्णा सिर्जना हुन सक्ने प्रचारबाजीबाट सचेत रहन सबै पक्षलाई आग्रह गरेको छ । यसैबीच सञ्चार माध्यममा आएका समाचार र प्रतिक्रिया अध्ययन गर्न महासंघले सचिव जे एन सागरको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ । जसको सदयमा सहसचिव प्रकाश चौधरी र कोषाध्यक्ष अमर क्षितिज भण्डारी रहेका थिए ।

मर्यादित पत्रकारीतामार्फत पत्रकारीताको गरिमा कायम राख्न र पत्रकारिता सिद्धान्त तथा आचारसंहिताको परिधिमा रहेर विश्वसनीय समाचार सम्प्रेषण गर्न सबै पत्रकार एवं सञ्चार माध्यमलाई महासंघले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस