२०८३ जेष्ठ ३० गते शनिवार | 2026 June 13th Saturday

जन्मदिनमा विद्यालयलाई सहयोग, अनुजा कँवरको उदाहरणीय कार्य

दाङ, ३० जेठ । तुलसीपुर उपमहानगरपालिका – ११ प्रीगाउँस्थित प्रावि प्रीगाउँमा तुलसीपुर – ६ निवासी अनुजा कँवरले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक, खेलकुद तथा अन्य आवश्यक सामग्री सहयोग गरेकी छन् ।

कँवरले विद्यालयका विद्यार्थीहरूको पठनपाठन तथा अतिरिक्त क्रियाकलापलाई थप प्रभावकारी बनाउन शैक्षिक सामग्री, खेलकुद सामग्री र विद्यालयलाई आवश्यक अन्य सामग्री हस्तान्तरण गरेकी हुन् । उनको सहयोगले विद्यालयका विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।

जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोड्दै विद्यालयलाई सामग्री सहयोग गरेकोमा स्थानीयवासी, शिक्षक तथा अभिभावकहरूले अनुजा कँवरको प्रशंसा गरेका छन् । यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुनुका साथै अन्य व्यक्तिलाई पनि सामाजिक सेवामा प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस