दाङ, २६ साउन । सवारी दुर्घटनामा निधन भएकी तुलसीपुर ११, कटाह निवासी तथा राप्ती बबई क्याम्पसमा स्नातक तह व्यवस्थापन संकाय दोस्रो वर्षमा अध्ययनरत छात्रा कल्पना केसीको निधनको शोकमा क्याम्पसले आज शोक बिदा दिएको छ । साउन २१ गते सवारी दुर्घटनामा परी केसीको निधन भएको थियो । उनको निधनप्रति क्याम्पस परिवारले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
क्याम्पस प्रमुख गणेश पार्धेद्वारा जारी सूचनाअनुसार मंगलबार क्याम्पसका नियमित पठनपाठन तथा अन्य कार्यहरू स्थगित रहनेछन् । तर प्रथम वर्षको प्रवेश परीक्षा, बीएड चौथो वर्षको अभ्यास शिक्षणको बाह्य परीक्षण र बीबीएस चौथो वर्षको फाइनल प्रोजेक्ट वर्कको मूल्याङ्कन भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने क्याम्पसले जनाएको छ ।
प्रकाशित मिति : २०८३ साउन २६ गते मङ्गलवार
