२०८३ भाद्र १ गते सोमवार | 2026 August 17th Monday

तुलसीपुर डान्सिङ स्टारमा Success Academy का विद्यार्थीले हात पारे प्रथम र द्वितीय स्थान

दाङ, ३१ साउन । D Two कला केन्द्रद्वारा आयोजित तुलसीपुर डान्सिङ स्टार प्रतियोगितामा Success Academy का विद्यार्थीले उत्कृष्ट सफलता हासिल गरेका छन् । प्रतियोगिताको अन्तिम नतिजाअनुसार Success Academy मा कक्षा ९ मा अध्ययनरत सन्ध्या राना प्रथम र एञ्जुली जी.एम. द्वितीय हुन सफल भएका छन् । यससँगै प्रतियोगिताको प्रथम र द्वितीय दुवै स्थान Success Academy का विद्यार्थीले हात पारेका हुन् ।

प्रतियोगिताको मञ्चमा सन्ध्या र एञ्जुलीले प्रस्तुत गरेको नृत्यले निर्णायक तथा दर्शकको ध्यान आकर्षित गरेको थियो । निरन्तरको अभ्यास, मेहनत, समर्पण तथा गुरुहरूको मार्गदर्शनका कारण उनीहरू प्रतियोगिताको शीर्ष दुई स्थानमा पुग्न सफल भएका हुन्।

एउटै प्रतियोगितामा प्रथम र द्वितीय दुवै स्थान आफ्ना विद्यार्थीले हासिल गरेपछि Success Academy परिवारमा खुसी छाएको छ । विद्यालयले विद्यार्थीको प्रतिभा, निरन्तर अभ्यास, शिक्षकहरूको मार्गदर्शन र अभिभावकको विश्वासको परिणामस्वरूप यो सफलता प्राप्त भएको जनाएको छ । विद्यालयले दुवै विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस