दाङ, ३० भदौ । दाङको तुलसीपुर ६ स्थित चिया सिया रेष्टोले १८ वर्षमुनिका बालबालिका तथा किशोर किशोरीलाई चुरोट र मदिराजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक लगाएको छ । युवापुस्तालाई धूम्रपान तथा मद्यपान जस्ता दुर्व्यसनबाट टाढा राख्दै स्वस्थ र मर्यादित खानपान संस्कृतिको विकास गर्ने उद्देश्यले रेष्ट्रोले यस्तो व्यवस्था लागू गरेको जनाएको छ ।
रेष्ट्रोका सञ्चालक नरेश रेग्मीका अनुसार व्यवसाय सँगै सामाजिक उत्तर दायित्वलाई समेत प्राथमिकतामा राख्दै १८ वर्ष मुनिका ग्राहकलाई चुरोट, रक्सी लगायतका धूम्रपान तथा मद्यपानजन्य वस्तु बिक्री नगर्ने निर्णय गरिएको हो ।
बालबालिका तथा किशोर किशोरीको स्वास्थ्य र भविष्य प्रति संवेदन शील हुँदै गरिएको यस निर्णयले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । युवा पुस्तालाई दुर्व्यसनको जोखिमबाट जोगाउन व्यवसायिक क्षेत्रबाट पनि जिम्मेवार भूमिका निर्वाह गर्नु पर्ने सञ्चालक रेग्मीको भनाइ छ ।
यसै बीच चिया सिया रेष्टोले नयाँ सन्चालनको अवसरमा ग्राहकका लागि विशेष अफर समेत सार्वजनिक गरेको छ । रेष्ट्रोमा खाजा खान आउने ग्राहकलाई १० प्रतिशत छिट दिने व्यवस्था गरिएको सञ्चालक रेग्मीले जानकारी दिएका छन् । स्वस्थ वातावरणमा चिया, खाजा तथा अन्य परिकारको स्वाद लिन चाहने ग्राहकलाई लक्षित गर्दै रेष्ट्रोले सेवा विस्तारसँगै सामाजिक जिम्मेवारीलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।
