२०८३ असोज ३ गते शनिवार | 2026 September 19th Saturday

कल्पनाको ४५औँ दिनको पुण्यतिथिमा डाँगी परिवारले आश्रममा गरायो भोजन

दाङ, ३ असोज । सवारी दुर्घटनामा ज्यान गुमाएकी तुलसीपुर ११ कटाहकी २१ वर्षीया कल्पना डाँगीको ४५औँ दिनको पुण्यतिथिको अवसरमा डाँगी परिवारले मानव सेवा आश्रम तुलसीपुरमा रहेका १०० बढी आश्रितलाई भोजन गराएको छ ।

कल्पनाको सम्झनामा परिवारले आश्रममा बिहानको खाना खुवाएको उनकी नन्द सरु डाँगीले जानकारी दिएकि हुन । कल्पनाको निधन पछि परिवारले उनको स्मृतिमा विभिन्न सामाजिक तथा मानवीय कार्य गर्दै आएको जनाएको छ ।

गत साउन २१ गते तुलसीपुर उपमहानगरपालिकाको टिपरले ठक्कर दिँदा तुलसीपुरको गुम्राहा चोकमा कल्पना डाँगीको २१ वर्षको उमेरमा निधन भएको थियो ।

उनको ४५औँ दिनको पुण्यतिथिको अवसरमा डाँगी परिवारले आश्रममा रहेका व्यक्तिहरूलाई भोजन गराएर मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको भन्दै मानव सेवा आश्रम तुलसीपुर, दाङका प्रमुख हिरु जोशीले डाँगी परिवारप्रति धन्यवाद व्यक्त गरेका हुन ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस