२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

दाङ जिल्ला भलिवल संघको अध्यक्षमा बस्नेत

दाङ, ६ असोज । दाङ जिल्ला भलिवल संघको अध्यक्षमा लक्ष्मण बस्नेत निर्विरोध निर्वाचित भएका छन । बेलझुण्डीमा सोमवार भएको संघको अधिवेशनले बस्नेतको नेतृत्वमा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा भरत कुवर, उपाध्यक्षमा भुमिसरा बाठा, महासचिवमा दुर्लभ कुमार श्रेष्ठ र कोषाध्यक्षमा इश्वर केसी निर्विरोध भएका हुन । त्यसैगरी सदस्यमा राजु यरी, नवराज खत्री, लीलाबहादुर घर्ती, कमल दसौदी, पुरन विक र जितेन्द्र चौधरी रहेको छ ।

संघका उपाध्यक्ष भरत कुवरको अध्यक्षता तथा नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष भीम वलीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले बाँकी दुई सदस्य दाङ जिल्ला खेलकुद विकास समितिको सिफारिसमा थप गर्ने कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको छ । अधिवेशनले भीमबहादुर डाँगीको संयोजकत्वमा मानबहादुर राना, कृष्ण डाँगी र खड्गबहादुर विकलाई सल्लाहकारमा चयन गरेको छ । अधिवेशनको उदघाटन कार्यक्रममा नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष वली, दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठ,लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष कृष्णा पाठक, दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख राकेश परियार लगाएतले बोलेका थिए ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस