२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

तुलसीपुर १५ का २४ वर्षीय नवीन नेपाली सम्पर्कविहीन

दाङ, ८ असोज । तुलसीपुर उपमहानगरपालिका १५ निवासी २४ वर्षीय नवीन नेपाली सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार उनी हिज्यो बिहान करिब ५ बजे मनिङ वाकमा जान्छु भन्दै घरबाट निस्किएका थिए । त्यसपछि उनी घर नफर्किएको परिवारले जनाएको छ ।

घरबाट निस्किएपछि परिवार तथा आफन्तले विभिन्न स्थानमा खोजी गरे पनि हालसम्म नवीनको अवस्था पत्ता लाग्न सकेको छैन । उनको मोबाइल तथा अन्य माध्यमबाट सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन नसकेपछि परिवारले खोजीमा सहयोग गरिदिन आग्रह गरेको छ ।

परिवारका अनुसार नवीन घरबाट निस्किने क्रममा हरियो कोठे सर्ट, कट्राइजको बकस पाईन्ट,कालो जुत्ता र निलो रङको क्याप लगाएका थिए । नवीनलाई कसैले देखेको भर वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस