दाङ, २३ असोज । दशैको भावना संग जोडिएको मार्मिक गित ” फर्की आउ प्रदेशी” सार्वजनिक भएको छ । प्रदेशमा रहेको श्रीमान र घरमा उनको बाटो कुरेर बसेकी श्रीमतीको कथा समेटिएको गितले परदेशमा रहेका नेपालिको पिडा, पारिवारिक माया र बिछोडको भावनालाई प्रस्तुत गरेको छ ।
दशैँ नजिकिँदै गर्दा परिवार सँगै बसेर चाडपर्व मनाउने चाहना सबैको हुन्छ । तर रोजगारीका लागि विदेशिएका धेरै नेपालीका लागि यो खुसी सँगै घरपरिवार बाट टाढा रहनुपर्ने पीडाको समय पनि हो । यही यथार्थलाई भावनात्मक रूपमा प्रस्तुत गर्दै ‘फर्की आऊ प्रदेशी’ दशैँ गीत सार्वजनिक गरिएको हो । गायक कुलेन्द्र विश्वकर्मा, मोहन नेपाली र गायिका सुनिता बुढाथोकीको स्वर रहेको गीतमा गजेन्द्र परियारको शब्द तथा लोकेश परियारको सङ्गीत रहेको छ । गीतको सङ्गीत संयोजन पूर्ण सम्योगले गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा रिना गुरुङ, विराज परियार र निर्मन परियारको अभिनय रहेको छ । नेपाली गीतसङ्गीत तथा म्युजिक भिडियो क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै अघि बढिरहेकी रिना गुरुङको अभिनयले भिडियोको कथालाई थप भावनात्मक बनाएको छ । विशाल बैरागीको निर्देशनमा तयार भएको भिडियोमा परदेशी जीवन, श्रीमान् – श्रीमती बीचको माया, बिछोड र घर फर्किने प्रतीक्षालाई कथा मार्फत प्रस्तुत गरिएको छ । भिडियोको छायाङ्कन विशाल परियारले गरेका हुन् भने सम्पादन तथा कलर ईशान खड्काले गरेका छन् ।
दशैँका बेला घर फर्किन नपाएका तथा परिवारको सम्झनामा रहेका नेपालीको भावना सँग जोडिने अपेक्षा गरिएको गीतले चाडपर्वको खुसी भित्र लुकेको परदेशी जीवनको पीडालाई समेत उजागर गरेको छ । ‘फर्की आऊ प्रदेशी’ गीत लोकेश परियारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

