२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

धादिङमा महिलालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

धादिङमा ४७ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गजुरी गाउँपालिका-२ चाम्बास ठेगाना भएका २१ वर्षीय आईमान तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आईमान तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस