२०८३ साउन २६ गते मङ्गलवार | 2026 August 11th Tuesday

एनआईसी एसिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले एनआईसी एसिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार जगदीशप्रसाद अग्रवालाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गरेका छन् ।

संविधान दिवसको अवसरमा घोषणा गरिएको विभूषण शुक्रवार प्रदान गरिएको हो । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रतिष्ठित व्यवसायी अग्रवाललाई विभूषण प्रदान गरिएको हो ।

अग्रवाल ६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा क्रियाशील रहँदै आएका छन् ।कुशल व्यवसायिक रणनीतिकारको रुपमा अग्रवालले अनुकरणीय उद्यमशीलता मार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आइरहेका छन् ।

उद्योग व्यवसायमा गरेको योगदानका कारण सरकारले अग्रवाललाई सुप्रबल जनसेवाश्री विभूषण प्रदान गरेको हो । एनआईसी बैंकका संस्थापक अध्यक्ष अग्रवाल विशाल ग्रुपको अध्यक्ष पनि हुन् ।

उनले मैनावती स्टिल इण्डष्ट्रिज, कमला आइरन एन्ड स्टिल इन्टरनेशनल प्रा. लि., कमला रोलिङ मिल्स प्रा.लि. तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

यसैगरी बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनी मार्फत आम सर्वसाधारणको बैंकिङ तथा बीमा पहुँच अभिवृद्धि गर्ने काममा अग्रवालले योगदान पुर्‍याएका छन् ।

प्रकाशित मिति : २०८० बैशाख १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस