२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

गायक प्रकाश सपुतमाथि बियरको बोलत प्र-हार

लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ । कार्यक्रमको लागि रोमानियामा रहेका गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ। उक्त बोलत बियरको भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै उक्त भिडियोमा उल्लेख छ।

सोही भिडियो सेयर गर्दै यतिबेला सामाजिक सञ्जालमा उनका सहकर्मी एवम् शुभचिन्तकले खेद प्रकट गरेका छन्। सामाजिक सञ्जालमा भाइरल उक्त भिडियोमा स्टेजमा परदेशी चलचित्र परदेशीको गीत गाइरहेका प्रकाशमाथि दर्शकहरू रहेको भीडतर्फबाट बियरको बोलत प्रहार भएको देखिन्छ।

भिडियोमा देखिए अनुसार बियर प्रहार प्रकाशको मुख वरपरको भागमा भएको छ। त्यसलगत्तै उनी हातले मुख छोप्दै स्टेज छाड्छन्। कार्यक्रमका अतिथि र आयोजक उनको पछिपछि गएको उक्त भिडियोमा देख्न सकिन्छ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस