२०८३ जेष्ठ १७ गते आइतवार | 2026 May 31st Sunday

तुलसीपुरको तकियापुरमा १२ घन्टा धारा खुल्ला हुने

दाङ,२८ असाेज । तुल्सिपुर उपमहानगरपालिका वडा न. २ तकियापुर खानेपानी सरसफाई तथा  उपभोक्ता समितिले आज देखि १२ घन्टा धारा खुला गरिएको छ । लामो संघर्ष मेहनत र अथक प्रयास पछि सफलता हात पार्दै पानीको सहजता भएको महसुस भएपछी असार देखि निरन्तर १२ घन्टा धारा खुला गरि बिहान ६ बजेदेखि साँझ ६ बजे सम्म धारा खुला गरिएको  समितिका अध्यक्ष तिलक केसी ले जानकारी दिएका हुन । 

लामो समय देखि पानीको समस्या र हाहाकार हुने वडा न २ तकियापुर खानेपानी सरसफाई तथा उपभोक्ता समिति हाल आएर संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगञ्जको ५० लाख को लागतमा भमके खोलाको बाह्र मौजामा सम्पवेल निर्माण गरि चार किलो मिटर मुख्य पाईप लाईन विस्तार गरिएको   हो ।

 मनिकापुर, नन्द्रगाउँ, डाँडाचिस, झारगाउँ, तकियापुर खैरिपुर का कार्य क्षेत्र रहेको आयोजनामा ४ सय १२ घरमा धारा पुगेको  छ र असार महिना देखि १२ घन्टा धारामा पानी छोडिएको र पानीको पर्याप्तता भएकोले यदि कुनै घरधुरी ले प्रकृया पुर्‍याएर आएमा २४ घन्टा भित्र धारा दिन सक्ने अध्यक्ष केसीले बताएका हुन ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस