२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प

दाङ,१८ कात्तिक । मध्यराति जाजरकोटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। जाजरकाेट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसुस भएको छ।

पछिल्लो पटक बझाङको चैनपुर केन्द्रबिन्दु भएर १६ असोजमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पले मानवीय र भौतिक क्षति भएको थियो । क्षतिकाे विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस