२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

शान्तिनगर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मल्ल

दाङ, १२ मंसिर । पश्चिम दाङको शान्तिनगर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रूपमा भीष्म कुमार मल्ल आउनु हुने भएको छ । हाल शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार अधिकारिको पांचथर जिल्लामा सरुवा भए पछि प्युठान नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल शान्तिनगर गाउँपालिकामा आउने भएका छन ।

पांचथर सरुवा भइ जान लाग्नु भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार अधिकारीलाई सोमबार एक कार्यक्रमका बिच बिदाइ गरिएको छ। भने प्युठान नगरपालिकाबाट सरुवा भइ शान्तिनगर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रूपमा आउनु हुने भीष्म कुमार मल्ललाई गाउँपालिकामा हाजिर भए पछि स्वागत गरिने गाउँपालिकाले जनाएको छ ।

उता प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले आफू एक हप्ता पछि मात्र हाजिर हुने बताएका छान । २०७४ सालको स्थानीय तहको निर्वाचन हुँदा उहाँ भीष्म कुमार मल्ल नै शान्तिनगर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रूपमा कार्यरत हुनुहुन्थ्यो अहिले अधिकृत मल्लको शान्तिनगर दोस्रो कार्यकाल हुनेछ ।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस