२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

केक काट्ने पैसाले कसैको ज्यान बच्छ भने म त्यहीँमा खुसीछु – हिमाल

दाङ, २५ मंसिर । आफ्नो जन्म दिनको अबसरमा बबई ३ निवासी हिमाल डाँगीले  नरेश ओलि बचाउ अभियानमा आर्थिक सहयोग गरेका छन् ।

बबई गा.पा. वडा नम्बर २ निवासी तारा बहादुर वलीका जेठा छोरा नरेश वली बिगत लामो समय देखी मुटु , फोक्सो र कलेजोको बिरामी भै उपचारको लागी आर्थिक अभाव भैरहेको बेला हिमाल डाँगीले रु ५५५५/- (पाँच हजार पाँच सय पच्पन्न) सहयोग गरेका हुन् ।

पछिल्लो समयमा एक डाइनामिक युबा लिडरको रुपमा चिनिने डाँगि विभिन्न समयमा हरेक गरिब दुखिको सहारा बनिरहेका हुन्छन्  आमूल समाज परिवर्तन हुनुपर्छ भन्ने सोच बोकेका युवा लिडरको रुपमा पनि उनलाई चिन्न सकिन्छ ! विभिन्न संघसंस्थामा जोडिसकेका डाँगि पछिल्लो समयमा भने अक्षर सुधार कार्यक्रममा निकै व्यस्त देखिन्छन् ।

 विगत लामो समय देखी बबई  गा.पा. वडा नम्बर २ निवासी तारा बहादुर वली का जेठा छोरा नरेश वली  मुटु , फोक्सो र कलेजो को बिरामी भै उपचारत भैरहेका छन्  निजको थप उपचार संगै तत्काल कलेजो प्रत्यारोपन गर्नु पर्ने भैएको हुँदा  परिवार को आर्थिक अबस्था निकै कम्जोर भयको कारणले अहिले केहि युवाहरुले ´नरेश वली बचाउ अभियान´ संचालन गरिरहेका छन । यो अभियानमा जोडिन सम्पुर्णमा आव्हान सम्म गरेका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस