२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

स्थापना दिवसको अवसरमा रक्तदान

दाङ, २ पौष । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘ रक्तदान नै जीवन हो ’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो स्थापना दिवसको अवसर वर्षेनी नियमित रक्तदान कार्यक्रम यस वर्ष पनि सोमवार सम्पन्न गरेको हो । 

रक्तदान कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकार, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र सामाजिक अभियान्ताहरुले पत्रकार महासंघलाई शुुभकामना सहित रक्तदान गरेका हुुन् । जसका २३ जना रक्तदानहरुले रक्तदान गरेका हुन । जसमा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन, नेकपा माओवादी केन्द्रका जिल्ला ससचिव विश्वराज आचार्य, रेमन्ता पुन, महेन्द्र बहुुमुुखी क्याम्पसका स्ववियु सदस्य गणेश पौडेल, पत्रकारहरु नेपाल पत्रकार महासंघ दाङ शाखा सहसचिव दिप्तीशिखा चौधरी, जनक नेपाली, जंग रेउले, सुनिल परियार, रविन्द्र गौतम, गिरिराज नेपाली , हेमराज परिवर्तन, उमा भण्डारी , यमकला भुुषाल, शैलेश अधिकारी, रोम थापा, पिताम्वर रिजाल र  हिमाल महरा रक्तदान गरेका हुन । त्यस्तै पद्यमोदय क्याम्पस घोराहीका नारायणी डाँगी, निर्मला भण्डारी, बिनिता नेपाली , निरज पौडेल र दिनेश पौख्रेलले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक नेपाल पत्रकार महासंघ दाङका शाखा सदस्य गिरिराज नेपालीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस