२०८३ बैशाख २२ गते मङ्गलवार | 2026 May 5th Tuesday

दाङ जिल्ला टेबल टेनिस सघंको अध्यक्षमा अरुण लहरे

दाङ, ७ पौष । दाङ जिल्ला टेबल टेनिस सघंको ७ औँ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

सघंले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि ७ औँ साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।

सघंका अध्यक्ष सिताराम शर्मा आचार्यको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका पुर्व निर्देशक अजुन विकको प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेश सदस्य टेक बहादुर बिक,सघंका दाङ जिल्ला कार्यालय प्रमुख शान्ति शोमैथापा,दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष धुर्व आचार्यको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।

सघंको ७ औँ साधारण एवं अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । सघंको अध्यक्षमा ऋषीराज लहरे (अरुण) चयन भएका छन । त्यस्तै उपाध्यक्षमा नविन राई,सचिवमा गुरुप्रसाद गौतम,कोषाध्यक्षमा नुुकुल गुरुङ चयन भएका छन भने सदस्यहरुमा सिताराम शर्मा आचार्य,सुरेन्द्र सिङ राठोर र सुरेश विक रहेका छन ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस