२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरद्वारा वली लाई समान

दाङ, १४ पौष । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर शाखाले गिरिल उद्योग संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष ओम वली लाई समान गरेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमले नेपाल घरेलु तथा साना उद्योग महासंघका तुलसीपुरका सदस्य ओम वलीलाई गिरिल उद्योग संघ लुम्बिनी प्रदेशको प्रथम अधिबेशनबाट उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित भएको भन्दै समान गरेको हो ।

नेपालमै संघीयता आएपछि पहिलो पटक गठन गरिएको प्रदेश स्तरीय ग्रील उद्योग संघ लुम्बिनी प्रदेशको प्रथम अधिबेशन बाट उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको भन्दै अध्यक्ष केसीले बधाई संगै सफल कार्यकालको शुभकामना व्यक्त समेत गर्नु भएको थियो थियो ।

यस्तै उक्त कार्यक्रममा सहभागी पत्रकारहरूलाई सम्मान गर्दै स्थानीय स्तरमा उत्पादन भएको स्थानीय वस्तुलाई प्राथमिकता दिने उद्देश्यका साथ नेपाल घरेलु तथा साना उद्योग संघ अगाडि बढेको भन्दै यसलाई मिडियाको क्षेत्रबाट कलमको माध्यमबाट स्थानीय स्तरसम्म पुर्‍याउन आग्रह पनि गर्नुभएको हो ।

यस्तै आफू आबद्द रहेको संस्थाले हौसला पुर्वक आफुलाइ समान गरेको भन्दै वलीले नेपाल घरेलु तथा साना उद्योग महासंघको सम्पुर्ण पदाधिकारीलाई धन्यवाद व्यक्त गरेका थिए । आफूले आफ्नो क्षेत्रबाट गर्न सकिने साथ सहयोग गरिरहने र भोलिका दिनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ  सँगै सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन । 

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस