२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

हेलिकप्टर पर्खिँदा पर्खिँदै सुत्केरीको मृत्यु

काठमाडौ, २५ पौष ।  बाजुरामा एक जना १२ दिनकी सुत्केरीको ज्यान गएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षकी अन्सु बुढाको ज्यान गएको हो । यही पुस १२ गते ताजाकोटको स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि उनको परिवारले थप उपचारका लागि कोल्टीमा ल्याएका कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रञ्जित शाहले जानकारी दिएका हुन ।

हिजो कोल्टीमा ल्याउँदा अवस्था जटिल भएकोले अन्यत्र लैजान भनेको र परिवारले हेलिकप्टरको माग गरेकोमा पर्खँदा पर्खँदै बुढाको ज्यान गएको शाहले बताएका हुन । सुत्केरी भएको १२ औँ दिनसम्म स्वास्थ्य अवस्था सामान्य रहेकोमा एक्कासी श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको मृतकका परिवारले बताएका छन् ।

प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस