२०८३ बैशाख २१ गते सोमवार | 2026 May 4th Monday

पिउने पानी नपाएका रेक्चा बासीलाई बिजुली र सडकको सपना : ओरल्ड च्याम्पियन क्षेत्री

सुर्खेत, २१ माघ । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको चौकुने गाउपालिकामा रेक्चा नामक एउटा सानो र सुन्दर गाउँ छ । त्यहाका जनता पिउने पानिको समस्या बाट गुर्जिरहेको कैयौ बर्स भैसक्यो । हाल सम्म दुई पटक सो क्षेत्रमा स्थानिय निर्बाचन भैसक्यो, निर्बाचनमा भोट प्राप्त गर्नका लागि धेरै पार्टीले घोषणा  पत्रमा बारम्बार पिउने पानीको समस्या समाधान गर्छौ भनेर चुनावमा भोट कलेक्सन गर्ने एक माध्यम बनाउदै आयका छन। रेक्चा गाउँको पानीको दुख हेर्दा कुनै जमानाको एका देशको कथा जस्तै छ तर बास्तबिकता भने त्यही नै हो I  त्यस गाउँका जनताहरुको मुख्य पेशा भनेकै खेती ,किसान, गाई बस्तु , तथा बाख्रा पालन हो। तर कुनै बेला बखतमा यति सम्मको पानीको समस्या झेल्नुपर्छ कि पशुहरुले आफ्नो प्यास मेटाउने कुरा परै जावस त्यस गाउका मानिसले समेत आफ्नो प्यास मेटाउन नसक्ने खालको पानीको समस्या को सिर्जना हुने गर्छ I

नेपाल जल स्रोतको दोस्रो धनी देश हो भनेर किताबमा मात्र सिमित रैछ भन्ने कुराको ज्वलन्त उदारणका रुपमा चाहिँ रेक्चाको गाउँलाई लिदा फरक नपर्ला भन्न सकिँदैन किनकी त्यो कुरा त्यहाको  पानीको समस्याले चित्रण गर्दछ I  ठाउँ सुन्दर छ तर कता- कता प्रकृति्ले ठगेको जस्तो देखिन्छ ! हाल सम्म यो क्षेत्रमा  दुई पटक स्थानिय निर्बाचन भैसक्यो पहिलो पटक सो गाउपालिकामा नेकपा एमाले पार्टीले विजय हासिल गरेर स्थानिय सरकार संचालन गरेर आफ्नो कार्यकाल बिताई सकेर बिदाई समेत भैसक्यो तर बिकास को छाप र उपलब्धी सरकारले छाड्न सफल भएन। त्यति बेला बाट नै रेक्चा गाउँका जनताको मत प्राप्त गर्नका लागि नै सो गाउँका जनताप्रति भ्रमको खेती गर्ने कार्य सुरुवात भैसकेको थियो सोझा जनता झुक्याउन लाई देखावटी रुपमा कहिले बिना तारको बिजुलिका पोल ठड्यायर कहिले पानी न ल्याउनु अघि नै  खानेपनि को पापय बिछ्यायर चुनाबको प्रचार प्रसार गरिन्थ्यो I त्यहि देखावटीको हल्ला लाई जनताले सिरियस लगे र विश्वास  गर्न थाले त्यहीँ  विश्वासका आधारमा आफ्नो अमुल्य मत दिएर आफ्नो विश्वासको पात्रका रुपमा लियका ब्यक्तिलाई जनप्रतिनिधिका रुपमा बिजय गराए । तर चुनाव जितेपछी भ्रष्टाचार गरेर राजधानीमा घर, जग्गा किन्ने र बिलासी जिन्दगी जिउने सपना त्यहाँ बाट जितेका जनप्रतिनिधी हरुलाई  थियो भने चुनाब जितेपछी आफुले चुनेर जिताईएका जनप्रतिनिधिहरुले धेरै नसकेपनी पिउने पानीको आवश्यकता चाहिँ परिपुर्ती हुन्छ भन्ने आशा र सपना  रेक्चाका जनता को आँखामा प्रष्ट देखिन्थ्यो तर त्यो सपना चाहिँ सपना मै सिमित हुन पुग्यो र यसरी पुर्ब चौकुने गाउँपालिकाको स्थानिय सरकारमा रहेका जनप्रतिनिधी हरु विकास निर्माणको कार्यमा फेल खाय र असफल हुन पुगे ।

हाल बर्तमान चौकुने गाउँपालिकाका जनप्रतिनिधिले निभाउनुपर्ने जिम्मेवारी: संघियता अपनाइएको राज्यमा जति शक्ति सङ्घ र प्रदेशका निकायमा रहेका जनप्रतिनिधी लाई दिएको हुन्छ त्यति नै शक्ति स्थानिय सरकारमा रहेका जनप्रतिनिधिहरु लाई समेत प्रदान गरिएको हुन्छ त्यो शक्तिको सदुपयोग गरेर त्यहाँको स्थानिय क्षेत्रलाई समृद्ध बनाउने र बिकाश निर्माणका योजना तर्जुमा गर्ने जनताले भोगिरहेका सामाजिक पिडाहरुको सम्बोधन र सामाधान गर्ने दाइत्व र जिम्मेवारी  स्थानिय सरकारलाई नै दिएको हुन्छ मुख्यतया त्यो आट र जिम्मेवारी बहन गर्ने क्षेमता चाहिँ गाउँपालिकाको अध्यक्ष , उपाध्यक्ष र हरेक वडामा बिजय हासिल गरेका वडा अध्यक्षमा हुनुपर्छ I 

हाल बर्तमान रेक्चा बासिहरुको प्रमुख सामाजिक आवश्यकता भनेकै पिउने पानी हो I त्यसैले बर्तमान चौकुने सरकारले रेक्चाका जनतालाई बिजुली, सडक, भन्दापनी प्रमुख रुपमा रहेको पिउनेपानीको आवश्यकता लाई मध्यनजर गरि समस्याको समाधान गर्नु हो I त्यसैले बर्तमान चौकुनेको स्थानिय सरकाले रेक्चाका जनतालाई पिउने पानी खुवाउन सकेमा साच्चिकै एतिहासिक काल खन्डमा कसैले लगाउन नसकेको गुन रेक्चाका जनतालाई लगाउनेछन र त्यो गुन लगाय बापत अर्को चुनाबमा घोषणा पत्रमा पिउने पानीको बाहाना बनायर भोट माग्न नपर्ने परिस्थितीको समेत सिर्जना हुनेछ यदि बर्तमान स्थानिय सरकारमा रहेका जनप्रतिनिधिहरुले यो समस्याको समाधान गर्न नसकेमा अगामी चुनावमा भोट माग्न जादा बिचार गर्नुहोला रित्तो गाग्री ले हिर्काउन बेर लगाउने वाला छैनन  किनकी जनता अहिले बुझ्ने भैसकेका छन ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस