२०८३ बैशाख २७ गते आइतवार | 2026 May 10th Sunday

नगर स्तरीय अन्तर मावि वक्तित्वकला प्रतियोगिता सम्पन्न

दाङ, १ फागुन । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनयुद्धको भूमिका” विषयक नगर स्तरीय अन्तर मावि वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा गुरु जजुर मा वि कि शिक्षा विश्वकर्मा प्रथम, जनकल्याण मा वि दुधरास कि चेतना पुन द्वितीय र सहिद स्मृति आवासीय मा वि वनकट्टीका जीवन बुढा मगर तृतीय भएका छन् ।

अखिल क्रान्तिकारी तुलसीपुर उपमहानगरपालिका नगर कमिटी संयोजक बोधराज विश्वकर्माको अध्यक्षता एवं नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा तुलसीपुर नगर कमिटी इन्चार्ज प्रेमराज ओली (प्रभात)को प्रमुख आतिथ्यतातथा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज बिन्दु खड्काको विशिष्ट आतिथ्यमा  कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती) का लुम्बिनी प्रदेश अध्यक्ष रुद्रमणि पौडेल, वाइसीएल नेपालका केन्द्रीय सदस्य हरिश गिरी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सचिवालय सदस्य मिनराज ओली, अखिल क्रान्तिकारी दाङका जिल्ला संयोजक गिरबहादुर महरा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अखिल क्रान्तिकारी दाङका जिल्ला सदस्य भुपेश खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अखिल क्रान्तिकारी दाङका कार्यालय सदस्य हिरालाल ओली( जनार्दन) ले गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस