२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

तुलसीपुर महाेत्सवमा नाच्न नपाएपछि हराएकि विपना सकुशल फेला

दाङ, ७ फागुन । दाङकाे तुलसीपुरबाट आइतबार बिहान ९ बजेबाट सम्पर्क बिहिन भएकि १३ बर्षीया बिपना वली सकुशल फेला परेकि हुन । सल्यानकाे बागचौर नगरपालिका -१२ पानिढल बाँफुखोला घरभई हाल तुलसीपुर उपमहानगरपालिका -५ `ङ´ लाइन प्रतिभा टोल स्थित बिपना स्टोरका संचालक पवन वलीकि छाेरी बिपना आइतबार बिहान बाहिनी चोकबाट सम्पर्क बिहीन बनेकी थिइन ।

त्यस लगत्तै सिसिटिभी फुटेजकाे आधारमा खाेजिकार्य गर्दै जादा बाहिनिी चाेकको पश्चिम तिरको गल्ली हुदै गोलौरा डिल्ली बजार चाेक देखि गौरीगाउँ तर्फ गईरहेको देखिएपछि त्यहि क्षेत्रमा केन्द्रीय रहेर खाेजिकार्य हुदा आइतबार राति तुलसीपुर उपमहानगरपालिका – ११ का एक स्थानीयले सुरक्षित फेला पारेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

तुलसीपुरकै तुलसी बाेर्डिङमा कक्षा ६ मा अध्यनरत विपना अहिले जारी तुलसीपुर महाेत्सवमा आफ्नो प्रस्तुती नाँच देखाउन शनिबार नै भाडामा ड्रेस ल्याईसकेकि तर मेलामा नाच्ने समय नपाएपछि रुष्ट रहेकि थिइन विपना । त्यसपछि आमाबाबुले नाच्न नपाए पनि केही हुदैन, पढ्नलपनि नजाने र नाच्न पनि नसक्ने भनेपछि त्यसैको झाेकमा आइतबार बिहान भाडामा लिएको कपडा छोड्न बाहिनी चोक गएकी विपना त्यहीबाट आँफुखुसी पैदल हिडेर त्यहाँ पुगेको खुल्न आएको डिएसपी पाेखरेलले बताए । 

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस