२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

राप्ती बबईमा क्रियाशील विद्यार्थी संगठन द्वारा शोक वक्तव्य

दाङ, २६ फागुन । राप्ती बबई क्याम्पस तुलसीपुर दाङका सहायक क्याम्पस प्राध्यापक हिमालय श्रवण देवकोटाको निधन प्रति राप्ती बबईमा क्रियाशील पाँच विद्यार्थी संगठन हरुले संयुक्त रूपमा शोक वक्तव्य जारी गरेका छन् ।

शुक्रबार साझ तुलसीपुर -४ निवासी राप्ती बबई क्याम्पसका सहायक क्याम्पस प्राध्यापक हिमालय श्रवण देवकोटाको असामयिक निधनले सम्पुर्ण विद्यार्थीलगायत क्याम्पसमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै, शनिबार पाँच विद्यार्थी संगठनका अध्यक्ष हरुको हस्तान्तरणमा संयुक्त शोक वक्तव्य जारी गरेका हुन् ।

अनेरास्ववियुका अध्यक्ष प्रदिप बस्नेत नेविसंघक  सभापति भिमार्जन बस्नेत अखिल (क्रान्तिकारी) का अध्यक्ष भद्र बहादुर खत्री (भुपेश) अनेरास्ववियू अध्यक्ष केशव पुन अखिल (समाजवादी) का अध्यक्ष के.बि सिको संयुक्त हस्ताक्षरको शोक वक्तव्यमा मृतक प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवार तथा आफन्तजनहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन ।’

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस