२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

तुलसीपुर उवा संघको २९ औँ साधारण सभा तथा १३ औँ अधिवेसन सम्पन्न

दाङ, १५ वैशाख । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले निजि क्षेत्र बलियो नहुँदासम्म स्थानीय सरकार बलियो हुन नसक्ने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघको २९ औँ वार्षिक साधारण सभा तथा १३ औँ अधिवेसनका प्रमुख अतिथि समेत रहेका मेयर खड्काले यस्तो बताएका हुन् । 

कोराना कहरले थलिएको व्यापार व्यवसाय अझैसम्म पनि उठ्न नसक्नु दुखद कुरा भएको बताए । त्यस्तै उनले अवैध कारोबारले प्रश्रय पाउदा वैधानिक कारोबारले बजार नपाएको पनि बताए । यदि भविष्यमा पनि व्यापार व्यवसाय यसैगरी चल्ने हो भने लाखौं युवाहरु विदेशीनुको विकल्प नरहेको पनि उनले बताए । त्यस्तै उनले निजि क्षेत्रलाई बलियो बनाउन नितिगत रुपमा सोच्नु पर्ने आवश्यकता औल्याए । त्यस्तै निजि क्षेत्रले देश बनाउनमा ठूलो भूमिका खेल्ने बताउदै उनले निजि क्षेत्रले उद्योग कलकार खाना बन्द गर्ने भन्दा पनि त्यसको दटेर सामना गर्न आग्रह गरे । 

त्यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ  लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्मा, तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डे, किराना व्यवसायी उपसमितिका संयोजक होताराम आचार्य, दाङ जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण महासचिव विनिल केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस