२०८३ असार १६ गते मङ्गलवार | 2026 June 30th Tuesday

राप्ती फिड् इण्डस्ट्रिज प्रा.लि द्वारा अग्नी पिडित लाई आर्थिक रकम सहयोग

दाङ, २२ वैशाख । राजपुर गाउँपालिका-७ हाडबासमा वैशाख १६गते आगलागी हुँदा २४ घर जलेर नष्ट भएपछी पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिएको  थियो! राप्ती फिड् इण्डस्ट्रिज प्रा.लि द्वारा आगलागी बाट क्षतिभएका २४ घरपरिवारका लागि ४० हजार रुपैयाँ र  लमही ९ तेलियामा २ घर र तरुलिया मा २ घर २०हजार  गरी ६० हजार रुपैयाँ नगद आर्थिक सहयोग प्रदान  गरेको छ ! राप्ती फिड् इण्डस्ट्रिज प्रा.लि का अध्यक्ष  लिलाराम खनाल स्वयम आफै शनिबार हाडबास गाउँमा पुगेर सो रकम हस्तानतरण गरेका हुन।“छिमेकी गाउपालिकामा आगलागीको घटना घटेको सुन्दा दुख लाग्यो हामी थोरै थोरै पैसा उठाएर अग्नि पिडित परीवारको दुखमा साथ दिन थोरै रकम भए पनी सहयोग गरेका छौ, सबैको साथ सहयोगले पिडित परिवारलाई थोरै भए पनि राहत हुन्छ सबैले सहयोग गरौ-राप्ती फिड् इण्डस्ट्रिज प्रा.लि का अध्यक्ष लिलाराम खनालले बताएका हुन।” नगद रकम हस्तान्तरण गर्दै अध्यक्ष खनालले बिपदको समयमा प्रदान गरेको सानो सहयोग पनि पीडितलाई ठुलो राहत हुनसक्ने भएकाले सक्दो सहयोग सबैले गर्नुपर्ने बताएका हुन ।

गत बैशाख १६ गते आइतवारका दिन राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासमा आगलागी हुदा २४ घर पूर्णरूपमा जलेर नष्ट भएको थियो । राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँ आगलागीले रित्तिएकाे छ । सामुदायिक वनबाट लागेको आगाे बस्तीमा पसेपछि हाडबास गाउँमा भएको २५ घर मध्ये २४ घर पूर्णरूपमा जलेर खरानी भएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस