२०८३ बैशाख १५ गते मङ्गलवार | 2026 April 28th Tuesday

दाङ उवासंघद्वारा घोराहीमा सरसफाइ तथा विरुवालाई सिँचाई

दाङ, २२ वैशाख । दाङ जिल्ला उद्योग वाणिज्य संघले शनिवार घोराहीमा सरसफाइ तथा विरुवा सिँचाई कार्यक्रम गरेको छ । संघका अध्यक्ष वसन्त जोशिको अध्यक्षतामा न्युरोडका विरुवामा सिँचाई गरीएको हो । 

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खरेल वाटर सप्लार्य, भण्डारी वाटर सप्लायर्सको ट्याँकरबाट सिचाई गरिएको थियो । घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डे, सरसफाइ समिति संयोजक एवं घोराही १४ का अध्यक्ष भानसिंह बुढामगर, डिएसपि जनक मल्ल, लगाएतका रहेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस