२०८३ असार १६ गते मङ्गलवार | 2026 June 30th Tuesday

मेयर खड्काको एक्सन : काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राख्न सिफारिस

दाङ, ३० वैशाख । समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनी विरुद्ध तुलसीपुर उपमहानगरपालिका एक्सनमा उत्रिएको छ । उपमहानगरले काम गर्न नसक्ने निर्माण कम्पनीलाई कार्वाही प्रक्रिया अघी बढाइएको मेयर टिकाराम खड्काले जानकारी दिए । कार्वाही प्रक्रिया अन्तर्गत तुलसीपुर उपमहानगरपलिकाले समयमै काम नसक्ने एउटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । उपमहानगरको २२औँ कार्यपालिका बैठकले आर्थिक वर्ष २०७७/०७८ मा भएको सम्झौता अनुसार उर्जा कृषभ जेभीले सातवटा सडक कालोपत्रेको काम समयमै नसकेकाले सम्झौता भंग गरी कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता माधव वलीले जानकारी दिए । उनका अनुसार उर्जा कृषभ जेभिलाई तीन बर्षका लागि कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस