दाङ, ६ जेठ । पछिल्लो समयमा विभिन्न गीत संगीतहरु आउने क्रम चलिरहेको छ । यहीँ समयमा प्रदेशबाटै भुपेश बि.सिले `फुर्के रिबन हल्लायो मायाले´ बोल्को झाउरे गीत सार्बजनिक गरेका छन् ।
Smart Film Studio युटुब च्यानलबाट सर्बजनिक गरिएको फुर्के रिबन हल्लायो माया´ बोल्को झाउरे गीत भुपेश बि सि , गणेश बि सि र पुजा देबकोटाको आवाजमा रहेको छ ।
भौगोलिक हिसाबले दाङकै दुर्गम मानिने शान्तिनगर ३ मा जन्मिएका नेपाली गीत संगीतलाई असाध्य माया गर्ने यो टिम अहिले रोजगारीको शिलशिलामा भारतको गुवामा रहदै आइरहेका छन् तर पनि उनिहरुको गीत संगीत प्रतिको रुचि भने उत्तिकै रहेको पाइन्छ ।
यस्तै उक्त गीतका गायक तथा संगीतकार भुपेश बि.सिले भने धेरै गीत सिर्जना गरिसकेका छन भने केहि गीतमा आवाज पनि दिइसकेका छन् । अहिले रिलिज भएको सुबास घर्तीको शब्दमा रहेको गित मारुनी रेकर्डिङ स्टुडियो मा रेकर्ड गरिएको फुर्के रिबन हल्लायो माया ले गीतको एरेन्जर पुर्ण सम्योग , थेगो र लय भुपेश बिसि ,अभिनय सुबास घर्ती र निरा बिश्वोकर्मा ले गरेका छन ।