२०८३ बैशाख १५ गते मङ्गलवार | 2026 April 28th Tuesday

प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने

दाङ, ७ जेठ । प्रेस सेन्टर नेपाल, दाङले पत्रकार महासंघ जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने निर्णय गरेकाे छ । संगठनका जिल्ला अध्यक्ष पाण्डव शर्माकाे अध्यक्षता एवम् नेकपा (माओवादी), केन्द्र दाङका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यकाे प्रमुख आतिथ्यतामा आज घाेराहीमा बसेकाे बैठकले सर्वसम्मत नेतृत्व चयनका लागि सबै सञ्चार संगठन एवम् अग्रज पत्रकारहरूसँग छलफल र सम्बाद गर्ने निर्णय गरेकाे छ ।

बैठकले पत्रकार महासंघ सम्बन्धि आवश्यक सम्पूर्ण निर्णय गर्न र वार्ता सम्बाद अघि बढाउन संगठनका केन्द्रीय  सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज लक्ष्मी आचार्यकाे संयाेजकत्वमा एक कार्यदल गठन गरिएकाे छ ।

कार्यदलमा जिल्ला अध्यक्ष पाण्डव शर्मा, सचिव जनक नेपाली र सह-सचिव दीपक बाेहाेरा रहेका छन । त्यसैगरी यही जेठ १३ गते घाेराहीमा संगठनकाे लुम्बिनी समिति र पत्रकार महासंघ दाङसँग संयुक्तरूपमा कृष्ण सेन इच्छुक स्मृति दिवस मनाउने निर्णय गरेकाे छ । साे अवसरमा प्रदान गरिने पुरस्कार छनाैट गर्न समिति गठन गरिएकाे छ । संगठनका जिल्ला इञ्चार्ज लक्ष्मी आचार्य संयाेजक रहेकाे अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपाली सदस्य रहेकाे पुरस्कार छनाैट समिति गठन गरिएकाे छ ।

बैठकमा पार्टीका सह -इञ्चार्ज रामबहादुर दहित ( अञ्जान ) जिल्ला संयाेजक हरिमान पुन ( बरूण ), संगठनका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इञ्चार्ज  अजयदीप शर्मा, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, माओवादी दाङका सचिव विश्वराज आचार्य, संगठनका प्रदेश अध्यक्ष मानसिङ विक, केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज लक्ष्मी आचार्य, संगठनका जिल्ला संस्थापक अध्यक्ष पुरण शर्मा लगायतका नेताहरूकाे उपस्थित रहेकाे थियाे । बैठकमा कार्यक्रम सञ्चालन सचिव जनक नेपालीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस