२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

तुलसीपुर नगर जेसिजले जेसिज सप्ताह मनाउने

दाङ, १० जेठ तुलसीपुरनगर जेसिज वर्ष २०२४ को जेसिज सप्ताह कार्यक्रम १२ गते (शनिबार) देखि सुरु हुने भएको छ । बिहीबार रिपोर्टस् कलब दाङमा पत्रकार सम्मेलनको आयोजना गरेर जेसिज सप्ताह कार्यक्रम संचालन गर्न लागेको जेसी अध्यक्ष पूर्णविक्रम डाँगीले जानकारी दिए ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले जेसीजले हरेक वर्ष मनाउँदै आएको व्यक्तित्व विकास, नेतृत्व विकास लगायतका विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको बताए । सोही अनुरुप यस वर्ष जेठ १२ गते बिहान ८ बजे ब्लड गु्रपिङ नविकरण तथा रक्तदान कार्यक्रम गरेर उद्घाटन गरिने अध्यक्ष डाँगीले बताए ।

त्यस्तै दोस्रो दिन जेठ १३ गते बिहान ११ बजे जेसीज जुनियर स्विच च्याम्पेन्सिप कार्यक्रम, जेठ १४ गते बिहान ७ गते अनुचित लेनदेन सम्बन्धि कानूनी व्यवस्था, एक शिक्षा, जेठ १५ गते बेलुका ७ बजे असल अभिभावक शिक्षा कार्यक्रम, जेठ १६ गते बिहान ७ बजे लागूपदार्थ तथा साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम हुने बताए । त्यस्तै जेठ १७ गते बिहान ७ बजे अन्तरविद्यालय फुटसल प्रतियोगिता र जेठ १८ गते बिहान ८ बजे सहयोग सम्मान तथा समापन कार्यक्रम गर्ने बताए ।

पत्रकार सम्मेलनमा तुलसीपुरनगर जेसिजका पूर्वअध्यक्ष झरेन्द्र खरेल, रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी, राष्ट्रिय समाचार समिती दाङ प्रमुख नारायणी रजौरे, नेपाल प्रेस यूनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस यूनियनका केन्द्रिय सदस्य चेतन रेग्मी लगायतकाले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तुलसीपुरनगर जेसिजका कार्यकारी उपाध्यक्ष सुरज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जेसी महासचिव कमल प्रकाश शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस