२०८३ असोज ९ गते शुक्रवार | 2026 September 25th Friday

संस्कार पाठशाला दाङले निर्माण गर्याे फुटसल काेर्ट

दाङ, २३ जेठ । ज्ञानज्याेती एजुकेसन फाउन्डेसन द्वारा सञ्चालित संस्कार पाठशाला दाङले फुटसल काेर्ट एक कार्यक्रमको बीच उद्घाटन गरेको छ । विद्यार्थीलाई शिक्षासंगै खेलकुदमा जाेड्नका लागि फाउन्डेसनले फुटसल काेर्ट निर्माण गरेकाे हाे ।

फाउन्डेसनले संचालनमा ल्याएका विद्यालयमा अध्ययनरत विद्यार्थीमा फुटबल खेलकाे विकास गराउन फुटसल काेर्ट निर्माण गरेकाे ज्ञानज्याेति फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीले बताएका हुन । फाउन्डेसनले तुलसीपुर-६ मा रहेको संस्कार पाठशालाकाे परिसरमा फुटसल काेर्ट निर्माण गरेकाे  छ । फुटसल काेर्ट निर्माणसंगै विद्यार्थीमा फुटबलप्रतिकाे रुचि झनै बढ्ने सिइओ जिसीले बताएका हुन । 

यसैबीच फुटसल काेर्टकाे उद्घाटन अखिल नेपाल फुटबल संघ एन्फाका टेक्निकल डाईरेक्टर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्काले गरेका हुन। डाइरेक्टर खड्काले विद्यालयस्तरमै खेलाडी उत्पादनका लागि फुटसल काेर्टले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन । उनले दक्ष जनशक्ति उत्पादनसंगै खेलाडी उत्पादनमा ज्ञानज्याेति फाउन्डेसनले खेलेकाे भूमिका प्रशंसनीय रहेको बताएका हुन । 

यस्तै दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले फुटबल खेलकाे विकासका लागि फुटसल काेर्ट स्थापना गरिनु निकै सकारात्मक पक्ष रहेको बताएका हुन । उनले खेलाडी उत्पादनकाे पहिलाे आधार फुटसल नै रहेकाे बताएका हुन । संस्कार पाठशालाका एकेडेमी काेर्डिनेटर बलदेव पाेखरेलकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजीकरण दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले गर्नुभएको हाे ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस