२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

दाङ तुलसीपुरमा एन्फा कम्युनिटी काेचिङ काेर्सकाे समापन

दाङ, २४ जेठ । तुलसीपुरमा चार दिनसम्म संचालन भएकाे एन्फा कम्युनिटी काेचिङ काेर्सकाे बुधबार समापन गरिएकाे छ । अखिल नेपाल फुटबल संघ दाङका अध्यक्ष संजात धितालकाे अध्यक्षता तथा ज्ञानज्याेति एजुकेसन फाउन्डेसनका सिइओे सुरेन्द्र जिसीकाे प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रमकाे समापन गरिएको हाे । अखिल नेपाल फुटबल संघका एन्फाका टेक्निकल डाईरेक्टर हरि खड्काले फुटबल खेलकाे विकास काेचिङ काेर्षले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन ।

यस्तै संघका हेड अफ काेच एजुकेसन संजित सिंहले खेलाडी उत्पादनमा प्रमुख भूमिका खेल्नुपर्नेमा जाेड दिनुभयो ।दाङ जिल्ला फुटबल संघका सल्लाहकार जीवन भण्डारीले खेलाडीलाई उपचारमा छुट दिन राप्ती लाइफ केयर अस्पतालले सहकार्य गरिने बताएका हुन । प्रशिक्षार्थी मनिक विश्वकर्मा, अखिल नेपाल फुटबल संघ दाङका सदस्य शरद गाैतम, निवर्तमान अध्यक्ष सुशील श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । 

दाङ सहित विभिन्न जिल्लाबाट सहभागी ४४ खेलाडीलाई प्रशिक्षण गरिएको कार्यक्रम संयाेजक मिग्मा चाैधरीले बताएका हुन । कार्यक्रमकाे सहजीकरण दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस