२०८३ असोज १२ गते सोमवार | 2026 September 28th Monday

ओन्टोरियो कराते फेडेरेसनबाट ड्रुक सितोकाईका दुई रेफ्ररी सम्मानित

काठमाडौ, २५ जेठ । गत साता ओन्टोरियोमा भएको टोरोन्टो ओपन अन्तराष्ट्रिय च्याम्पनसिप २०२४मा  ड्रुक सितोकाईका दुई , हेड माया लेप्चा र तुला ढकाल सम्मानित भएको कोच डुम्पा थापा  जानकारी दिएका हुन ।

थापाले सम्मानित हुने दुइ रेफ्ररीको ड्रुक सितो काईका रेफ्ररी टोरोन्न्टो ओपनमा  महत्वपूर्ण रेफ्ररीको भुमिका निभाईएकोले ओन्टोरियो कराते फेडेरेसनले सम्मान पत्रमा सफलतामा आफ्नो बहुमूल्य योगदान को कृतज्ञ मान्यता मा टोरन्टो ओपन २०२४ रेफ्रीको रूपमा तपाइँको विशेषज्ञता, निष्पक्षता र समर्पणले प्रतिस्पर्धाको अखण्डता सुनिश्चित गर्दछ र भावी पुस्ताहरूलाई प्रेरित गर्दछ र तपाईंको प्रतिबद्धता र सेवाको लागि धन्यवाद भनिएको ड्रुक सितो काई क्यानाडाका कोच डुम्पा थापाले थप प्रस्ट पर्नु भएको छ । साथै ड्रुक सितो काईका चार रेफ्ररीले उक्त टोरोन्टो ओपन (अन्तराष्ट्रिया च्याम्पियानसिप २०२४)मा भाग लिएका थिए । डुम्पा थापा , माया लेप्चा, तुला ढकाल र जो अन्टारियो करातेले आयोजन गरेको उक्त अन्तराष्ट्रिया कराते च्याम्पियनसिपमा भाग लिएका थिए ।

त्यसै गरि  टोरोन्टो ओपोनमा ड्रुक सितोकाईले ४ स्वर्ण सहित २ कास्य जितेको छ । सुभा भण्डारीले १५,१६ एडभान्समा  स्वर्ण जितिन भने अनुज ढकाल, सुभम भन्डारी, सुजय भण्डारीले  टिम कातामा स्वर्ण  जिते साथै अनुज ढकालले- काता र कुमितेमा गरि २ कांस्य हात पार्न सफल भएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस