२०८३ बैशाख १४ गते सोमवार | 2026 April 27th Monday

घोराही ५ मा अनेमसंघ क्रान्तिकारीको भेला

दाङ, १ असार । घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेला भएको छ । भेलाले अन्जु बिकको अध्यक्षतामा १९ सदस्यीय वडा समिति गठन गरेको छ । जसको उपाध्यक्ष लक्षिमा नेपाली, मिना बिक र कमली नेपाली, सचिव कौशिला विश्वकर्मा  सहसचिव विमला सुनार तथा कोषाध्यक्ष उर्मिला सुनारलगायत रहेका छन । 

हिमा डिसीको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य मदन डाँडी, नगर सचिव बसन्त चौधरी, नगर कार्यालय सदस्य विकास मल्ल, अनेसंघ क्रान्तिकारीका नगर अध्यक्ष नैना चौधरी, नगर सदस्यहरु गिता भण्डारी, दिलकुमारी घर्ती मगर, वडा पार्टी अध्यक्ष हिराबहादुर केसी, वडा नम्बर १३ का पार्टी अध्यक्ष नन्दराम घर्तीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ असार १ गते शनिवार
प्रतिक्रिया दिनुहोस