२०८३ असोज १० गते शनिवार | 2026 September 26th Saturday

बुद्धिचाल राष्ट्रिय खेल प्रतियोगितामा प्रथम

दाङ, ३ असार । गत जेठ ३० र ३१ गते सम्पन्न बुद्धिचाल राष्ट्रिय प्रतियोगितामा लुम्विनी प्रदेशले प्रथम स्थान हासिल गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा लुम्विनी प्रदेशको १२ जिल्लाका आठ खेलाडी प्रतियोगितामा सहभागी भएका थिए ।

 यु–१५ राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा दाङका पर्ल एकेडेमी घोराहीमा अध्ययनरत छात्र कृतन भण्डारी, शान्ति नमूना सेकेण्डरी स्कूल तिलोतमा नगरपालिका –५ मणिग्राम अध्ययनरत छात्र शुुशाान्त अर्याल, जय बागेश्वरी बोर्डिङ स्कूल नेपालगंजमा अध्ययनरत छात्र आरुस नाग  र दिप बोर्डिङ स्कुल बुटवल उपमहानगरपालिका सुुख्खा नगरमा अध्ययनरत छात्र टपराज अधिकारी प्रतियोगितामा सहभागी भएका थिए ।

 त्यस्तै लुम्विनी प्रदेशले छात्रा तर्फ पनि दोस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा श्री आर्दश मावि नेपालगंजका अध्ययनरत छात्रा ईशा गिरी , श्री बंगलामुखी मावि  गुुलरिया नगरपालिका –५ बर्दियामा अध्ययनरत छात्रा अन्जना थापा मगर, श्री महाकवि देवकोटा गुुलरिया–८ बर्दियामा अध्ययनरत छात्रा भावना रोका र गोरखा ईन्टरनेशनल पब्लिक सेकेण्डरी स्कूल घोराहीमा अध्ययनरत छात्रा खुसी बाठा मगर छात्रा तर्फ राष्ट्रिय प्रतियोगितामा सहभागी भई दोस्रो स्थान हात पारेका थिए । 

राष्ट्रिय प्रतियोगितामा ७ वटै प्रदेशको प्रदेश स्तरिय समूहमा सम्पन्न भएको थियो । दुवै समूहको अंक जोड्दा लुम्विनी प्रदेश छात्र छात्रा अंक जोडदा प्रथम स्थान हात पारेको बुद्धिचाल संघ दाङका अध्यक्ष तथा राष्ट्रिय खेल प्रतियोगिताका लुम्विनी प्रदेशका टिम निर्देशक अनिल शेरपाईलीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस