२०८३ बैशाख १३ गते आइतवार | 2026 April 26th Sunday

गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प समबन्धि प्रशिक्षण

दाङ, ३१ असार । गुरुकुल एकेडेमी तुलसिपुरमा विद्यार्थिहरुलाई सर्प सम्बन्धिका कुराहरुबारे जानकारी दिइएको छ । विद्यालयले सर्प उद्धारकर्ता प्रभात भन्डारीद्धारा सर्पबारे बिभिन्न कुराहरुको बारेमा जानकारी गराएको थियो । बिशेषगरी गर्मि समयमा सर्पहरु बाहिर निस्कने र बालबालिका तथा वृद्धवृद्धाहरुमा निकै जोखिम हुने भएकाले त्यो जोखिम समयमा सतर्कता अपनाउन र त्यो जोखिमलाई न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरीएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिएका हुन । कार्यक्रममा गुरुकुलका विद्यार्थिहरुलाई नेपालमा पाईने बिभिन्न बिषालु र अबिषालु सर्पहरुको बारेमा कसरी पहिचान गर्ने र सतर्कता अपनाउने भन्ने बारेमा सर्प उद्धारकर्ता प्रभात भन्डारीले जानकारी गराएका थिए । साथै उँनले सर्पले टोकेपछि धेरै जसो मानिसहरु धामि झाक्रिकँहा जाने जसले गर्दा मृत्यु सम्म हुने गरेका घटनाहरुलाई आफ्नो फोटो भिडियो देखाउदै यो परम्परागत कुराहरुलाई चिर्दै सर्पले टोकेमा तुरुन्तै अस्पतालमा जानुपर्ने बताएका थिए । सर्पले टोकेपछिको उपचार अस्पतालमा हुने भन्दै धामि झाक्रिमा नलाग्न पनि उँनले आग्रह गरेका थिए । प्रशिक्षक सर्प उद्धारकर्ता प्रभात संग २०० बढि सर्प उद्धार गरेको अनुभव उँनिसंग छ । उँनले किङ कोब्रा (बिषालु ) र अविषालु सर्प लिएर गुकुलका विद्यार्थिहरु सामु प्रतक्ष रुपमा देखाएका थिए भने विद्यार्थिहरुले प्रतक्ष उक्त सर्पहरुलाई हातमा राखेर सर्प चिन्ने अनुभव समेत गरेका थिय । सर्पबारे प्रशिक्षण कार्यक्रममा गुरुकुल एकेडेमी तुलसिपुरका कक्षा ६ देखि ९ सम्मका विद्यार्थि तथा विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ असार ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस