२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

रोल्पाको लिङदुङमा “प्रथम त्रिवेणि कृषि, व्यापार, पर्यटन, तथा वृहत सास्कृतीक महोत्सव” हुने

दाङ, २३ असोज । रोल्पाको लिङदुङमा “प्रथम त्रिवेणि कृषि, व्यापार, पर्यटन, तथा वृहत सास्कृतीक महोत्सव” हुने भएको छ । सयपत्री सदावहार युवा क्लब त्रिवेणी ३ लिङदुङ रोल्पाको आयोजनामा असोज २९ गते देखि कात्तिक १० गते सम्म उक्त महोत्सव सञ्चालन हुन लागेको हो । `आफ्नो उत्पादन आफ्नै बजार,कृषि उत्पादन र पर्यटन त्रिवेणी समृद्धिको आधार´ भन्ने मूल नाराका साथमा महोत्सवको आयोजना गरिएको क्लबला अध्यक्ष तथा महोत्सव संयोजक अर्जुन वलिले जानकारी दिएका छन । 

स्थानीय धान खुमल चार को प्रचारप्रसारका लागि महोत्सव उद्घाटनमा अतिथिहरुलाई खुमल चार धानको खिर खुवाउने समेत तयारी गरिएको संयोजक वलिले जानकारी दिएका छन । त्रिवेणीको पर्यटन प्रवर्द्धन गर्न प्याराग्लाइडिङ र ड्रोनबाट भिडियो खिच्ने तालिका समेत रहेको जानकारी दिएको छ । 

“प्रथम त्रिवेणि कृषि, व्यापार, पर्यटन, तथा वृहत सास्कृतीक महोत्सव”ले पर्यटन,संस्कृति,खेलकुद लगायतमा त्रिवेणीको पहिचानलाई देशभर चिनाउने तयारी रहेको महोत्सव व्यवस्थापक प्रकाश घर्ती मगरले जानकारी दिएका छन । साथै घर्तिका अनुसार महोत्सवमा राष्ट्रिय कलाकारहरु राजु परियार, ज्योती मगर, राधिका हमाल, शान्तीश्री परियार, पबित्रा घर्ती मगर, बद्री पाँग्रेनि, भुमिका गिरि, एलिना चौहान,श्याम राना, सम्झना भण्डारी, अर्जुन सापकोटा, एम टि महर, जालुमाया गुरुङ, सिम्रन परियार, लगायतका राष्ट्रिय तथा स्थानीय दजनौ  कलाकारहरु को प्रस्तुति उक्त महोत्सवमा रहने छ ।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस