२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

डा. तोसिमा कार्कीको पहिलो निर्णय पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन

स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी छन् । मंगलबार स्वास्थ्य मन्त्रालयमा पदबहाली गर्दै उनले पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी हुन् । उनले संविधानमा उल्लेख भए अनुसार स्वास्थ्यलाई मौलिक हककै रुपमा विकास गर्ने पनि बताएकी छन् ।

राज्यमन्त्री कार्कीले आइतबार दुईवटा निर्णयमा हस्ताक्षर गरेकी छन् । जस अनुसार आँखाको स्वास्थ्य उपचार विकेन्द्रीकरण गरेर केन्द्र, प्रदेश र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने र स्वास्थ्य संस्थाको सेवाको न्यूनतम मापदण्डसम्बन्धी निर्णय छन् । कार्कीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (०७९–०८६)मा हस्ताक्षर गर्दै आँखाको उपचार सर्वसुलभ बनाउने बताएकी छन् ।

यो रणनीति अन्तर्गत आँखाको उपचारलाई थप गुणस्तरीय बनाउँदै सेवाग्राहीमैत्रि बनाउने सरकारी योजना सामेल छ । आँखाको उपचारलाई समुदायस्तरसम्म विस्तार गर्दै आँखा स्वास्थ्य सेवामा कोही पनि नछुटुन भन्ने उदेश्य यो रणनीतिको छ ।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस