दाङ, २४ पुष । दाङको तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । तुलसीपुर बजारबाट बसपार्क भित्र जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिदा अन्दाजी ३५/३६ बर्षीया एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट गम्भिर घाइते भएकी महिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको हो । महिलाको साथमा अन्य कोही पनि नभएकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । बससहित चालक ४१ बर्षीय खिमराज वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार