२०८३ असार ९ गते मङ्गलवार | 2026 June 23rd Tuesday

रोल्पामा ८९ प्रतिशतले लगाए एचपिभी खोप

रोल्पा, २५ माघ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप ८९ दशमलव ४३ प्रतिशतले लगाएका छन् । जसमध्ये थबाङ गाउँपालिकामा ९८ प्रतिशत, परिवर्तन गाउँपालिकामा ८६ दशमलव २६ प्रतिशत, गंगादेव गाउँपालिकामा ९३ दशमलव १६ प्रतिशत, माडी गाउँपालिकामा ९१ दशमलव ०७ प्रतिशत, त्रिवेणी गाउँपालिकामा ९३ दशमलव ६९ प्रतिशतले खोप लगाएका छन् ।

यस्तै रुन्टीगढी गाउँपालिकामा ९५ दशमलव ५७ प्रतिशत, रोल्पा नगरपालिकामा ९४ दशमलप ५५ प्रतिशत, सुनिलस्मृति गाउँपालिकामा ७५ दशमलव ५५ प्रतिशत र लुंग्री गाउँपालिकामा ८२ दशमलव २१ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । रोल्पामा माघ २८ गतेसम्म खोप अभियान सञ्चालन हुने  छ । जिल्लामा १३ हजार चार जना किशोरीहरुले खोप लगाउने योजना रहेको छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस